केन्द्रिय सदस्य भेटवालद्वारा तरुण दलको भवन निर्माणकालागि आर्थिक सहयोग

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 76
पढ्न लाग्ने समय : 2 मिनेट

१८ बैशाख,हेटौंडा : नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक काममा पनि सक्रिय भेटवाल भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।
तरुण दलको अभिभावकले लिएको भवन निर्माणको जिम्मेवारीमा सहभागि हुन पाउँदा भेटवालले खुसी व्यक्त गरे । तरुण दलका अभिभावक गुरुङले लिएको अठोट र विश्वासमा एक सिपाही तथा संस्थागत राजनीतिलाई शिरोपर गरेर अघि बढ्ने उनले बताए । सोही अनुसार अध्यक्ष गुरुङले चलाएको अभियानमा आफ्नो दायित्व बोध सहित जोडिएको उनले बताए ।
तरुण दलको गत चैत १५ र १६ मा सम्पन्न केन्द्रिय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोही अनुसार काठमाडौंको रवी भवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गरिने छ ।
आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान अध्यक्ष गुरुङले चालिरहेका छन् । करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले बताए ।