इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज भारतले जित्याे

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 87
पढ्न लाग्ने समय : 1 मिनेट

१४ फागुन, काठमाडौ :भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट म्याच पाँच विकेटले जितेको छ । यससँगै भारतले पाँच टेस्ट म्याचको सिरिजपनि ३-१ ले जित्न सफल भएको छ ।

चाैथाे दिन जितका लागि पाएकाे १ सय ९२ रनको लक्ष्य पाएको भारतले पाँच विकेट गुमाएर भेट्याएकाे हाे । घरेलु टिमका लागि ध्रुव जुरेल ३९ र शुभमन गिल ५२ रनमा नटआउट रहे । उनीहरूले छैटौं विकेटका लागि ७२ रनको निर्णायक साझेदारी गरे ।

चौथो दिन बिना कुनै विकेटको क्षति ४० रनबाट अगाडि खेल्न सुरु गरेको भारतका लागि १ सय २० रन बनाउँदा पाँच विकेट गुमाएर दबाबमा आएको थियो । इंग्लिस बलरमध्ये सोएब बसिरले तीन विकेट लिए ।