काठमाडौं, वैशाख १३ — डोनाल्ड ट्रम्प सहभागी एक औपचारिक कार्यक्रममा अचानक गोली चलेको जस्तो आवाज सुनिएपछि सुरक्षा सतर्कता बढाइएको छ। घटनापछि उनलाई तत्काल सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटना ह्वाइट हाउस मा पत्रकारहरूका लागि आयोजना गरिएको डिनर कार्यक्रमका क्रममा भएको हो। ट्रम्प मन्तव्य दिइरहेका बेला हलमा अचानक हलचल बढेपछि केही पड्किएको आवाज सुनिएको बताइएको छ। त्यसलगत्तै सुरक्षाकर्मीले हस्तक्षेप गर्दै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प लाई मञ्चबाट हटाएका थिए।
प्रत्यक्षदर्शीका अनुसार यूएस सिक्रेट सर्भिस का सुरक्षाकर्मीले ‘तल बस्नुहोस्’ भन्दै उपस्थितहरूलाई सतर्क गराएका थिए। त्यसपछि सशस्त्र सुरक्षा टोलीले कार्यक्रम स्थल नियन्त्रणमा लिएर सम्भावित खतरा न्यूनीकरण गर्ने प्रयास गरेको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। यद्यपि हालसम्म कुनै घाइतेको आधिकारिक पुष्टि भएको छैन।
घटनाको क्रममा ट्रम्पका सल्लाहकार स्टिफन मिलर लाई समेत सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा लगेका थिए। केही समयपछि सुरक्षा अवस्था सामान्य बनेपछि कार्यक्रम पुनः सञ्चालन गरिएको जनाइएको छ।
घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।
ह्वाइटहाउस कार्यक्रममै सुरक्षा त्रास: गोलीको आवाजपछि ट्रम्प सुरक्षित स्थानमा सारिए
Leave a Comment
Leave a Comment

