एन्फा विवाद चुलियो : अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र देखिएको विवाद थप गहिरिँदै गएको छ। अध्यक्ष पंकजविक्रम नेम्बाङ सहित २४ जना पदाधिकारी र सदस्यको पासपोर्ट कालोसूचीमा राखिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसपछि अध्यागमन विभाग ले उक्त कदम चाल्दै उनीहरूलाई विदेश यात्रा गर्न रोक लगाएको हो। कालोसूचीमा पर्नेहरूमा अध्यक्ष नेम्बाङसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरू र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू समावेश छन्।
एन्फाभित्रको आर्थिक अनियमितता सम्बन्धी आरोपबारे छानबिन गर्न राखेपले यसअघि उपसमिति गठन गरेको थियो। सोही समितिको सिफारिसका आधारमा सम्बन्धित पदाधिकारीहरूको पासपोर्टमा प्रतिबन्ध लगाउन प्रक्रिया अघि बढाइएको बताइएको छ।
यस प्रकरणमा युवा तथा खेलकुद मन्त्रालय मार्फत फाइल गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयको निर्देशनअनुसार अध्यागमन विभागले अन्तिम निर्णय कार्यान्वयन गरेको हो।
पछिल्लो समय राखेप र एन्फाबीच अधिकार र प्रक्रियागत विषयमा विवाद बढ्दै आएको छ। परिषद्को निर्देशनविपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोपमा एन्फालाई तीन महिनाका लागि निलम्बनसमेत गरिएको थियो।
यसैबीच, एन्फामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा परेका उजुरीहरूमाथि पनि थप छानबिन जारी रहेको जनाइएको

Leave a Comment