३० वैशाख, जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सरकार ढलेको छ ।
नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रदेश सरकार ढलेको हो ।
मधेश सरकारबाट आज आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् ।
नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए । प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुबै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।