काठमाडौं, वैशाख २३ — इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत घरेलु मैदानमा भएको खेलमा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई आठ विकेटले सहजै पराजित गरेको छ। यस जितसँगै चेन्नाइले प्लेअफको सम्भावना अझ मजबुत बनाएको छ।
सुरुआतमा केही कमजोर देखिएको चेन्नाइ अहिले १० अंकमा पुगेको छ र शीर्ष चार स्थानबाट केवल दुई अंकले पछाडि रहेको छ। यता, दिल्ली क्यापिटल्स भने ८ अंकसहित सातौं स्थानमा सीमित बनेको छ।
चेन्नाइको जितमा ओपनर सन्जु सामसन नायक सावित भए। उनले ५२ बलमा अविजित ८७ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। आफ्नो इनिङ्समा उनले सात चौका र छ छक्का प्रहार गरेका थिए। उनलाई साथ दिएका कार्तिक शर्माले ३१ बलमा अविजित ४१ रन जोडे।
दिल्लीले भने पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। टोलीका लागि समिर रिज्भीले सर्वाधिक ४० रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
चेन्नाइले लक्ष्य पछ्याउँदै १५ बल अगावै दुई विकेट गुमाएर खेल आफ्नो पक्षमा पारेको हो।
यसैबीच, आजको खेलमा सनराइजर्स हैदरावाद र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
घरेलु मैदानमै दिल्ली पराजित, चेन्नाइको प्लेअफ दौड बलियो
Leave a Comment
Leave a Comment

