बास्केटबल खेलाडीलाई स्वर्णपदक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बास्केटबल खेलमा खेलाडीहरु स्वर्णपदक जितेका छन । काठमाडौंमा संचालित एसईई बास्केटबल प्रतियोगितामा खेलाडीहरू स्वर्णपदक जितेका हुन ।

विभिन्न कलेज र क्लबले एक महिना सम्म बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा बाराका खेलाडीहरु प्रदर्शन गरेका थिए ।

ग्यालेक्सी पब्लिक स्कुल कलैयाका बास्केटबल खेलाडी कृतिस गुप्ता र प्रिन्स कुशवाहाले विभिन्न कलेज र क्लबको विरुद्ध खेल्दै ७ स्वर्णपदक जितेका छन ।

स्वर्णपदक बिजेता गुप्ताले कलैयामा अभावको बावजुद नियमित अभ्यासले उत्कृष्ट प्रदर्शन गरेको बताए । देशको विकासको फन्को मारेको समयमा खेलाडीहरुमा लगानी गरे अन्तर्राष्ट्रिय स्तरमा बास्केटबलको माध्यमबाट देशलाई चिनाउन सकिनेछ उनले बताए ।

हामी ग्रामीण भेगबाट आएका खेलाडी ठुलो नेटमा खेल्दा चुनौतीसँगै सुनौलो अवसरलाई सदुपयोग गरि स्वर्णपदक जित्न सफल भएको कुशवाहाले बताए ।

देशमा बास्केटबलको उर्वर भुमी भनेकै कलैया रहोको छ । राज्यको लगानी खेलमा नभएकोले खेलाडी विस्थापित हुनु परेको बास्केटबल बाराका संस्थापक अध्यक्ष हरियोम साह बताउछन । राज्यको लगानी बालुवामा पानी भने झै कलैयाको खेल भएको उनले बताए ।

खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्ने छन । तर अभ्यास गर्न नेटको व्यवस्था नरहेकोले खेलाडीहरु अभावमा खेल छोडी विस्थापित भईरहेको उनले बताए

Leave a Comment