१४ कार्तिक ,काठमाडौं । अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रनको चुनौतीपूर्ण योगफल बनायो। भारतले उक्त लक्ष्य ४८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको शानदार पारी खेलिन्। कप्तान हरमित कौरले पनि ८९ रनको योगदान दिइन्। उत्कृष्ट प्रदर्शनका लागि जेमिमालाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।



Leave a Reply