युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलको शानदार सुरुवात

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ- २ असोज
इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले स्पेनी क्लब एट्लेटिको म्याड्रिडलाई ३–२ ले पराजित गर्‍यो।

खेलको सुरुवातमै लिभरपुल आक्रामक बनेको थियो। चौथो मिनेटमै एन्डी रोबर्टसनले गोल गर्दै अग्रता दिलाए। त्यसपछि छैटौँ मिनेटमा मोहम्मद सलाहले अर्को गोल थप्दै पाहुना टोलीलाई २–० ले अघि बढाए।

तर, घरेलु टोली एट्लेटिको म्याड्रिडले पनि खेलमा फर्किने प्रयास गर्‍यो। पहिलो हाफको अन्त्यतिर मार्कस लोरटेले गोल गर्दै अन्तर घटाए भने उनले ८१औं मिनेटमा दोस्रो गोल पनि गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

तर, खेलको इन्ज्युरी समयमा कप्तान भर्जिल भ्यान डाइकले कर्नरबाट आएको बललाई हेडिङमार्फत जाली चुमाउँदै लिभरपुललाई ३–२ को जित दिलाए।

च्याम्पियन्स लिगको इतिहासमा स्पेनी क्लब रियल मड्रिड १५ पटक उपाधि जितेर सबैभन्दा सफल टोली बनेको छ। यस्तै, एसी मिलानले ७, बार्यन म्युनिख र लिभरपुलले समान ६–६ पटक र बार्सिलोनाले ५ पटक उपाधि जितेका छन्।

Leave a Comment