संसदीय भूमिकामा धार ल्याउन रास्वपाको पहल, सांसदका लागि दुईदिने प्रशिक्षण सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई लक्षित गर्दै आजदेखि काठमाडौंमा दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। संसद्मा पार्टीको उपस्थितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको हो।
पार्टीको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्य ले आज र भोलि सञ्चालन हुने कार्यक्रममा प्रतिनिधिसभामा पार्टीको तर्फबाट निर्वाचित सबै सांसद सहभागी हुने जानकारी दिएका छन्। प्रशिक्षण सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा संसदीय प्रक्रिया, विधेयक अध्ययन, सार्वजनिक उत्तरदायित्व, प्रभावकारी प्रस्तुति तथा पार्टीको नीति र प्राथमिकताका विषयमा सांसदहरूलाई अभिमुखीकरण गराइने बताइएको छ।
रास्वपाले प्रशिक्षणमा सबै सांसदको उपस्थिति अनिवार्य गरेको छ। पार्टी नेतृत्वले संसद्मा समन्वित र तयारीसहित प्रस्तुत हुन सांसदहरूको क्षमता अभिवृद्धिमा जोड दिएको जनाएको

Leave a Comment