बारा – जिल्ला प्रहरी कार्यालय बाराले आज मनाएको ७० औं प्रहरी दिवसलाई बाराका सञ्चारकर्मीहरूले सांकेतिक रूपमा बहिष्कार गरी विरोध जनाएका छन्। बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीलाई मानसिक प्रताडना दिएको घटनालाई लिएर पत्रकारहरूले विरोध गरेका हुन्। एकजना पत्रकारले दिएको जाहेरीको आधारमा एसपी तामाङले अध्यक्ष सुबेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिएको र यस क्रममा प्रहरी प्रमुख तामाङ जाहेरीकर्ताभन्दा एक कदम अगाडि बढेर जाहेरीकर्ताकै पक्षमा वकालत गरेको देखिएको पत्रकारहरूको भनाइ छ। प्रहरी प्रमुख तथा कानुनका पालकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनको दम्भपूर्ण व्यवहारप्रति सञ्चारकर्मीहरूले आपत्ति जनाएका छन्।
सतहमा सामाजिक सञ्जालमा गालीगलौज गरिएको विषयमा एक पत्रकारले उजुरी दिएको भनिए पनि, यसको भित्री कारण दशैंको दुई दिनअगाडि एसपी तामाङको विषयमा अध्यक्ष सुबेदीले लेखेको समाचार नै रहेको बताइन्छ, जसका कारण उनलाई लक्षित गरिएको हो। पत्रकारहरूको समस्या नेपाल पत्रकार महासंघले समाधान गर्ने प्रचलन रहँदा रहँदै पनि तामाङले गरेको हस्तक्षेपलाई पत्रकारहरूले ‘सासू कुटेर बुहारी तर्साउने’ प्रवृत्तिको सांकेतिक विरोधका रूपमा लिएका छन्। यद्यपि, अध्यक्ष सुबेदीले पत्रकार महासंघले बहिष्कार गर्ने कुनै आधिकारिक निर्णय नगरेको बताए पनि सञ्चारकर्मीहरूले भने एसपीको दम्भ र पत्रकारलाई तर्साउने प्रवृत्तिको विरोध गरेको स्पष्ट पारेका छन्। यस घटनाले बारामा प्रहरी र पत्रकारबीचको सम्बन्धमा तिक्तता बढाएको छ।
प्रहरी मेरो साथी जस्तो लोकप्रिय कार्यक्रम चलाउदै आएको संस्थाले पत्रकारहरु सङ्गको यस्तो ब्यवहार प्रती सबै पत्रकारले दुख व्यक्त गरेका छन । नेपाल प्रहरीको ईतिहासमा नै बारामा अहिले सम्म यस्तो किसिमले नेपाल पत्रकार महासंघले कार्यक्रम बहिस्कार नगरेको जनाईएको छ । औपचारिक निर्णय नभएपनी जिल्लाका प्राय सबै श्रमजीवी पत्रकारहरुले यसको बिरोध गरेका छन । जिल्ला प्रहरी कार्यालय बाराले एतिहासिक कार्यक्रममा बिना मापदण्ड केवल रास्ट्रीय मिडियालाई रिझाउने प्रयास गरेको एक जना पत्रकारले जनाएका छन ।
एक जना बरिस्ठ पत्रकारले पत्रकार पत्रकार बिचको ब्यक्तिगत कुरामा प्रहरी प्रमुखले रिसिबी साध्नु कानुनको गलत फाईदा उठाईरहेको बताएका छन । पछिल्लो समय प्रहरी ले शान्ती सुरक्षामा ध्यान नदिएको र तस्करी को लाईन मिलाउने सङ्गको प्रहरीको साठगाठ्ले जिल्ला बासीमा आक्रोश बढ्दै गएको छ । पत्रकारले यस बिषयमा समाचार लेख्दा अहिले बारा प्रहरी र पत्रकार महासंघ बिचको सम्बन्ध अत्यन्तै चिसिएको बताईएको छ ।
प्रहरी दिवसको उत्सवमा सञ्चारकर्मीको सांकेतिक विरोध: एसपीको दम्भ र पत्रकारसँगको सम्बन्धमा तनाव



Leave a Reply