रुपन्देहीमा सक्रिय १२ राजनीतिक दलले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। विभिन्न दलका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायत दलहरूले बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमवासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरूले दीर्घकालीन समाधान खोज्नुको सट्टा बस्तीमा डोजर चलाउने, दमन गर्ने तथा नागरिकलाई मानसिक र शारीरिक पीडा दिने काम भएको बताएका छन्।
संयुक्त विज्ञप्तिमा संविधानले दिएको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप भएको दाबी गर्दै सरकारको कार्यशैलीको कडा आलोचना गरिएको छ। साथै, सुकुमवासीहरूले थालेको आन्दोलनलाई न्यायपूर्ण भन्दै दलहरूले समर्थन जनाएका छन्।
आन्दोलनरत पक्षले आगामी जेठ ३ गते रुपन्देहीमा देशभरका सुकुमवासी र अव्यवस्थित बसोवासीहरूको राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेका छन्। सोही दिन सरकारविरुद्ध वृहत प्रदर्शनसमेत गरिने बताइएको छ। भेलाबाट आगामी आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ।
सरकारी तथ्यांकअनुसार देशभर करिब १२ लाखभन्दा बढी परिवार सुकुमवासी तथा अव्यवस्थित बसोवासीको रूपमा रहेका छन्। तीमध्ये अधिकांश अव्यवस्थित बसोवासी रहेको
सुकुमवासी आन्दोलनलाई रुपन्देहीका १२ दलको समर्थन, जेठ ३ मा राष्ट्रिय प्रदर्शन
Leave a Comment
Leave a Comment







