ओमान नजिक भारतीय मालवाहक जहाजमाथि आक्रमण, सबै चालक दलको उद्धार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : ओमानको समुद्री क्षेत्र नजिक भारतीय झण्डा बोकेको एक मालवाहक जहाजमाथि आक्रमण भएपछि जहाज डुबेको छ । भारतीय अधिकारीहरूले घटनाको निन्दा गर्दै चालक दलका सबै सदस्य सुरक्षित रहेको बताएका छन् ।
भारतको विदेश मन्त्रालयका अनुसार ‘हाजी अली’ नामको जहाजमाथि बुधबार बिहान आक्रमण भएको थियो । उक्त जहाज सोमालियाबाट संयुक्त अरब इमिरेट्सको शारजाहतर्फ जाँदै गरेको बताइएको छ ।
घटनापछि जहाजमा आगलागी भएको र पछि समुद्रमा डुबेको जानकारी सार्वजनिक गरिएको छ । भारतले व्यावसायिक जहाज तथा नाविकहरूलाई लगातार निशाना बनाइँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
बन्दरगाह, परिवहन तथा जल यातायात मन्त्रालयका सचिव मुकेश मंगल का अनुसार जहाजमा रहेका १४ जना चालक दलका सदस्यलाई ओमान कोस्ट गार्ड ले उद्धार गरेर डिब्बा बन्दरगाहमा सुरक्षित पुर्‍याएको हो ।
भारतीय पक्षले पछिल्लो ७२ घण्टामा अन्य कुनै भारतीय जहाज वा भारतीय चालक दल संलग्न जहाजमाथि यस्तै घटना नभएको जनाएको छ ।

Leave a Comment