अर्को साता सरकारी कर्मचारीदेखि सर्वसाधारणसम्मले लगातार चार दिन बिदा पाउने भएका छन्। सरकारले बकर ईद (ईद-उल-अज्हा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि लामो बिदाको श्रृंखला बनेको हो।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगको सिफारिसअनुसार जेठ १४ गते बकर ईद परेको जानकारी प्राप्त भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ। मन्त्रालयले सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना पनि व्यक्त गरेको छ।
बकर ईदको बिदापछि जेठ १५ गते गणतन्त्र दिवसका कारण पुनः सार्वजनिक बिदा पर्नेछ। त्यसलगत्तै जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा रहेकाले लगातार चार दिन सरकारी कार्यालय, शैक्षिक संस्था र अधिकांश सार्वजनिक सेवा बन्द हुनेछन्।
लगातारको बिदाले आन्तरिक पर्यटन, यात्रु चाप र बजार गतिविधिमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।
बकर ईद र गणतन्त्र दिवसले जुरायो लगातार चार दिन बिदा
Leave a Comment
Leave a Comment

