नाइजेरियामा आईएसविरुद्ध अमेरिकाको घातक सैन्य हमला

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ११ पुस २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा सक्रिय चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध अमेरिकी सेनाले शक्तिशाली र घातक सैन्य हमला गरेको बताएका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मार्फत् राष्ट्रपति ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा आईएसका लक्ष्यहरूविरुद्ध सटिक आक्रमण गरिएको जानकारी दिएका हुन्। उनले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्यतः निर्दोष इसाई धर्मावलम्बीहरूलाई लक्षित गर्दै निर्मम हत्या गर्दै आएको आरोप लगाएका छन्।

अमेरिकी सेनाले कयौं सटिक आक्रमणहरू गरेको दाबी गरिए पनि आक्रमण कुन स्थानमा र कहिले गरिएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

बीबीसीका अनुसार अमेरिकाले नाइजेरियामा कुन क्षेत्रलाई निशाना बनायो र आक्रमणको समय के हो भन्ने विषयमा अझै स्पष्टता आएको छैन।

यसअघि, नोभेम्बर महिनामा राष्ट्रपति ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामी उग्रवादी समूहविरुद्ध अमेरिकी सेनालाई कारबाहीका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।

Leave a Comment