कांग्रेसले संसदमा अमर्यादित कार्य गर्यो: रास्वपा सहप्रवक्ता प्रसाईं

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 79
पढ्न लाग्ने समय : 1 मिनेट

५ जेठ, बारा: राष्ट्रिय स्वतन्त्र पार्टीका सह प्रवक्ता रमेश प्रसाईंले संसद अवरुद्ध गरेर अमर्यादित कार्य गरेको आरोप लगाउनु भएको छ ।

बाराको कलैयामा आज आयोजित सभामा बोल्दै प्रसाईंले सरकारमा सहभागी रास्वापाको मन्त्रीहरुको काम देखेर नेपाली कांग्रेस छटपटिएको बताउनु भयो ।

वहाँले समुदाय-समुदायबीच द्वन्द गराउने समुह सक्रिय रहेकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नु भयो ।

कार्यक्रममा सांसद हरि ढकालले सरकार गुमाएपछि कांग्रेस छटपटिएको आरोप लगाउनु भयो । वहाँले कांग्रेस सताकालागी छटपटिएर संसदमा अमर्यादित कार्य गरिरहेको आरोप लगाउनु भयो ।

कार्यक्रम चन्दन स्वर्णकारको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a comment