इरानमाथि ट्रम्पको दबाब : ‘छिट्टै सहमतिमा आऊ, नत्र केही बाँकी रहने छैन’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्धविराम र आणविक सम्झौताका विषयमा छिट्टै सहमतिमा आउन चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् समय निकै सीमित रहेको उल्लेख गर्दै ढिलाइ गरे इरानका लागि केही पनि बाँकी नरहने चेतावनी दिएका हुन्।
‘तिनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन,’ ट्रम्पले लेखेका छन्, ‘हरेक कुराको एउटा समय हुन्छ।’
उनको अभिव्यक्तिलाई इरानमाथि युद्धविरामको प्रस्ताव स्वीकार गर्न र अमेरिकाले अघि सारेको सहमतिमा आउन दबाब दिने प्रयासका रूपमा हेरिएको छ।
उता, इरानी सञ्चारमाध्यमहरूले भने द्वन्द्व अन्त्यका लागि तेहरानले दिएको पछिल्लो प्रस्तावमा अमेरिकाले सकारात्मक प्रतिक्रिया नदिएको आरोप लगाएका छन्।
यसअघि ट्रम्पले इरान सम्झौतामा सहमत नभए ‘सभ्यता नै समाप्त हुन सक्ने’ चेतावनी दिएका थिए। यद्यपि पछिल्लो समय उनले इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरे स्वीकार गर्न सकिने संकेत दिएका छन्।

Leave a Comment