स्कटल्यान्डविरुद्ध नेपालको शानदार जित, सन्दीप लामिछानेले भने– टोलीकै मेहनतको परिणाम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । सन्दीप लामिछाने ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले हासिल गरेको महत्वपूर्ण जित टोलीको सामूहिक मेहनतको परिणाम भएको बताएका छन्।
जितपछि प्रतिक्रिया दिँदै सन्दीपले दबाबपूर्ण अवस्थामा पनि नेपाली टोलीले संयमित र उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे। उनका अनुसार ब्याटिङ र बलिङ दुवै पक्षमा खेलाडीहरूले जिम्मेवार खेल प्रस्तुत गरेकाले नेपालले महत्वपूर्ण सफलता हात पार्न सफल भयो।
उनले समर्थकहरूको निरन्तर साथ र हौसलाले खेलाडीहरूलाई थप ऊर्जा मिलेको पनि बताए। स्कटल्यान्डविरुद्ध नेपाली बलरहरूले लगातार दबाब बनाउँदै नियमित विकेट लिँदा विपक्षी टोली ठूलो स्कोर बनाउन असफल भएको सन्दीपको भनाइ छ।
यसै खेलमार्फत सन्दीपले एकदिवसीय क्रिकेटमा १५० विकेट पूरा गर्ने उपलब्धि समेत हासिल गरेका छन्। उनले ७३ खेलमै उक्त कीर्तिमान बनाएका हुन्। यसअघि मिचेल स्टार्क ले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।
सन्दीपले यो जितले नेपालको आत्मविश्वास अझ बलियो बनाएको उल्लेख गर्दै आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको

Leave a Comment