मंगलबार काठमाडौंमा कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको भेला हुँदै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १८ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधर नेताहरूको भेला आज (मंगलबार) बस्दैछ। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेपछि असन्तुष्ट समूहले यो भेला बोलाएको हो।

नेता गुरूराज घिमिरेका अनुसार भेला आज मध्याह्न साढे १२ बजे राजधानीको थापागाउँस्थित एक ब्यांक्वेटमा सुरु हुनेछ। यसअघि आइतबारका लागि तय गरिएको भेला पार्टीको केन्द्रीय बैठक स्थगित भएपछि पछाडि सारिएको थियो।

विशेष महाधिवेशनका पक्षधरहरूले गत असोज २९ गते झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै विशेष महाधिवेशन बोलाउन औपचारिक माग गरेका थिए।

पार्टीभित्र महाधिवेशनको मिति र नेतृत्वको कामप्रति असन्तुष्टि बढ्दै गएपछि यो समूह सक्रिय बनेको हो।

Leave a comment