भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा एक लाख धरौटीमा रिहा हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : भेपभित्र लुकाएर गरिएको सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा लाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइराला को संयुक्त इजलासले उक्त आदेश दिएको हो। अदालतकी सूचना अधिकारी पार्वती हितान ले महरालाई धरौटीमा छाड्न आदेश भएको जानकारी दिएकी छन्।
भेपमार्फत सुन तस्करी गरिएको घटनामा सहयोगी भूमिका खेलेको आरोपमा महरामाथि मुद्दा दर्ता गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयसँग सम्बन्धित भ्रष्टाचार र तस्करी प्रकरणमा उनीसहित भन्सार कर्मचारीविरुद्ध मुद्दा चलाएको हो।
यस प्रकरणलाई पछिल्ला वर्षका चर्चित सुन तस्करी घटनामध्ये एक मानिएको छ। अनुसन्धानका क्रममा भन्सार प्रशासन, तस्करी समूह र विभिन्न प्रभावशाली व्यक्तिको संलग्नताबारे समेत छानबिन भइरहेको जनाइएको छ।

Leave a Comment