सचिव कृष्णहरि पुष्करसँग प्रहरीको सोधपुछ, केहीबेरमै रिहा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर लाई प्रहरीले बिहीबार केहीबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक केरकार गरेको थियो। सोधपुछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा गरिएको बताइएको छ।
यद्यपि, पुष्करमाथि कुन विषयमा अनुसन्धान गरिएको हो भन्नेबारे प्रहरी अधिकारीहरूले औपचारिक जानकारी दिएका छैनन्। प्रारम्भिक सोधपुछका क्रममा मुद्दा चलाउनुपर्ने आधार नभेटिएपछि उनलाई रिहा गरिएको स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार केही विषयमा स्पष्टता लिन आवश्यक ठानेर सचिव पुष्करसँग सोधपुछ गरिएको भए पनि थप कानुनी प्रक्रिया अघि बढाउने अवस्था नदेखिएपछि उनीलाई छाडिएको हो।
घटनाबारे सम्बन्धित निकायहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

Leave a Comment