वडाध्यक्षका उम्मेदवार देखि मुद्दामा सजाय पाएका व्यक्ति बने पत्रकार महासंघ बाराको सदस्य

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 231
पढ्न लाग्ने समय : 3 मिनेट

एमपी यादव/

कलैया १७ जेठ : नेपाल पत्रकार महासंघले जिल्ला देखि केन्द्रसम्मको चुनाव यहि जेठ २६ गते तोकेको छ।

नेपाली पत्रकारहरुको महापर्वको रुपमा हुने चुनावमा हरेक वर्ष विभिन्न आरोह अवरोह आउने गरेका छन। दलगत रुपमा बिभाजित भएका पत्रकारहरुले छाता संगठनलाई हत्याउन विभिन्न तिगडम,जालझेल अपनाउने गरेका छन ।

यसपालि पनि महासंघको चुनाव नजिकिदै जाँदा पुराना सदस्यहरुको सुद्धीकरण र नयाँहरुको सदस्यता थप गरिएको सुची सार्वजनिक भएको छ ।

खासगरी बारा जिल्लामा पुराना सदस्यहरुमध्ये ८६ जनाको नाम सार्वजनिक गरिएको छ भने नयाँ १६ जनालाई सदस्यता दिईएको छ।

तर महासंघले सार्वजनिक गरेको सुची त्रुटिपूर्ण रहेको छ । महासंघले सार्वजनिक गरेको सुची अनुसार पत्रकार नै नभएका व्यक्तिको नाम समावेश भएको छ भने वडाध्यक्षमा चुनाव लडेका र विभिन्न मुद्दामा सजाय पाएका व्यक्तिको नाम समावेश पाईएपछी बाराली पत्रकार त्यसको बिरोधमा उत्रेका छन।

महासंघले सार्वजनिक गरेको १६ जनाको नयाँ सुचिमा बलात्कारका आरोपीले समेत सदस्यता पाएका छन ।

आफ्नो गाउँकै बालिका बलात्कार गरेको आरोपमा धेरै दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेका महिन्द्र सहनी, प्रावी शिक्षक दिपलाल पटेललाई महासंघको सदस्या दिईएको छ।

शुद्धिकरणको नाममा पुराना सरकारी शिक्षकहरुको सदस्यता खारेज गर्ने निर्णय भएको छ भने नयाँ दिईएको सदस्यको सुचीमा भने सरकारी शिक्षकलाई समावेश गरि सम्पुर्ण संचार जगतकै नाम हसाउने काम गरिएको बाराली पत्रकारहरुले बताएका छ्न।

संस्कार एफएममा कम्पुटर अपरेटरको काम समेत गर्ने प्राथमिक विद्यालयका शिक्षक दिपलाल पटेल,पत्रकार,सिम्रौनगढ नगरपालिकाको एक वडामा कार्यालय सहायकको रुपमा कार्यरत मुकेश मेहता लगायतकालाई सदस्यता दिईएको छ।

जितपुरमा फर्निचर कारोबार गर्ने व्यापारी पप्पु साह, निजगढका,एनप्याब्सन जितपुरसिमराका नगर अध्यक्ष एवं निजी विद्यालयका संचालक अनिल तिवारी लगायतको सदस्यता महासंघ बारामा कायमै राखिएको छ।

बारामा एकजना वडाध्यक्षका उम्मेदवारकोपनी सदस्यता कायम रहेको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा जसपाबाट चुनाव लडेका उम्मेदवारले चार मत प्राप्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा मिलाईदिने ‘ब्रोकर’ को रुपमा परिचित समेतलाई सदस्यता प्रदान गर्ने निर्णय महासंघले गरेको छ।

महासंघ बारा शाखा तथा भोट ब्याँक बनाउन गैरपत्रकारलाई सदस्य बनाउने प्रदेश र केन्द्रका पत्रकार नेताहरुको कारण बारामा पत्रारिता जगत बदनाम भएको यथार्त महासंघले जारी गरेको सुचिले प्रष्ट पारेको छ।

निलिशा बर्मालाई पनि महासंघको विधान र नियम विपरीत सदस्यता दिईएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिवारीले जिल्ला शाखाले गरेको सिफारिसलाई लत्याएर केन्द्रले सदस्यता सुची जारी गरेकोले आफुहरुलाई मान्य नहुने बताए ।

महासंघका पुर्व अध्यक्ष कमल कुमार उपाध्यायले सक्रिय पत्रकारहरुलाई महासंघबाट हटाएर गैरपत्रकारलाई सदस्यता दिईनु खेदपुर्ण रहेको प्रतिक्रिया दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष श्यामबाबु यादवले महासंघमा गैरपत्रकारलाई हाबी गराउने रणनीति अनुसार सदस्यता दिईएको आरोप लगाउँदै केन्द्रले सार्वजनिक गरेको सुची आफुहरुलाई मान्य नहुने र वर्तमान परिस्थितिमा चुनाव हुन नदिने चेतावनी दिए ।

प्रेस चौतारी नेपालका अध्यक्ष दिवाकर भण्डारीले महासंघको केन्द्रिय कार्यालयले सार्वजनिक गरेको सुची त्रुटिपूर्ण रहेकोले आफुहरुलाई मान्य नहुने बताए ।

Leave a comment