विद्यालय शिक्षा ऐन असार १५ सम्म जारी गर्ने सहमति

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१७ वैशाख, काठमाडौं : विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ ।

बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

‘असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सोही सहमित बोकेर अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा जानुभएको छ ।’

आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ ।

यो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ ।

यसैबीच नेपाल शिक्षक महासंघले आगामी असार १५ गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ ।

बुधबार (आज) सरकारसँग वार्ता भएपछि विज्ञप्ति जारी गर्दै महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा जान बाध्य हुने बताएको छ ।

शिक्षक महासंघसँग सरकारले आगामी असार १५ गतेसम्म शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Comment