काठमाडौँमा ट्राफिक निगरानी कडा, एकै दिन २ हजार ५९८ चालक कारबाहीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_16908288

काठमाडौं, जेठ ३० — काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध प्रहरीले निगरानी थप कडा बनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको विशेष अनुगमनका क्रममा २ हजार ५९८ चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गर्दा १७ लाख ८६ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १९९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६७ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२० जना तथा तीव्र गतिमा सवारी चलाउने १६८ जना रहेका छन्।
त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने १२० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२६ जना, सडक पेटीमा पार्किङ गर्ने १५६ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १८६ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
सबैभन्दा धेरै १ हजार ३५६ चालक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सवारी अनुशासन कायम गर्न नियमित रूपमा निगरानी र कारबाही अभियान सञ्चालन भइरहेको जनाएको छ। नियम पालना गर्न चालकलाई आग्रह गर्दै प्रहरीले आगामी दिनमा पनि अनुगमनलाई अझ प्रभावकारी बनाइने बताएको छ।

Leave a Comment