अमेरिकाको पूर्वी तटमा भीषण हिमआँधी: ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १२ फागुन। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली हिमआँधीका कारण व्यापक जनजीवन प्रभावित भएको छ। हजारौँ उडान रद्द हुनुका साथै यातायात, विद्युत् र दैनिक गतिविधि ठप्पजस्तै बनेका छन्।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार र का केही भागमा ३३ इन्च (८३ सेमी)सम्म हिमपात भएको छ। रोड आइल्यान्डको राजधानी मा परेको यो हिमपातले सन् १९७८ को २८.६ इन्चको पुरानो कीर्तिमान तोडेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो राज्यकै इतिहासमा सबैभन्दा ठूलो हिमपात मानिएको छ।

को क्षेत्रमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको छ। शहरमा यात्रा अवस्था ‘झन्डै असम्भव’ बनेको भन्दै अधिकारीहरूले चेतावनी जारी गरेका थिए। करिब ८० लाख जनसंख्या रहेको न्यूयोर्क सिटी केही समयका लागि ठप्पजस्तै बनेको थियो।

पूर्वी तटका विभिन्न राज्यमा ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन्। विशेषगरी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन्। म्यासाचुसेट्समा मात्रै करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएको जनाइएको छ।

हिमआँधीका कारण हवाई सेवामा ठूलो असर परेको छ। उडान ट्र्याकिङ साइट फ्लाइटअवेयरका अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी ५,६७५ भन्दा बढी उडान रद्द भएका छन्। बाट ९८ प्रतिशत र बाट ९१ प्रतिशत उडान रद्द भएका छन्। साथै बोस्टनको , र बाट पनि अधिकांश उडान प्रभावित भएका छन्।

हिमआँधीको चेतावनी देखि सम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका केही क्षेत्रमा पनि सतर्कता अपनाइएको छ। मौसम विभागले मंगलबार बिहानसम्म थप १–२ फिटसम्म हिमपात हुन सक्ने अनुमान गरेको छ।

रोड आइल्यान्ड र छिमेकी मा अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर ले दक्षिण–पूर्वी क्षेत्रमा गैरआवश्यक सवारी चलाउन रोक लगाउँदै प्रमुख राजमार्गमा गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन्। ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त जोखिमपूर्ण भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ।

यसैबीच, कनेक्टिकट र न्यू जर्सीमा रुख ढल्ने तथा हाँगा भाँचिने जोखिमका कारण सडक अवस्था झन् खतरनाक बन्ने चेतावनी दिइएको छ। प्रोभिडेन्समा हिउँ पन्छ्याउने कार्यमा अवरोध पुर्‍याएको भन्दै ३०० भन्दा बढी सवारी क्रेनको सहायताले हटाइएको जनाइएको छ।

मौसम सुधार हुन अझ केही समय लाग्ने अनुमान गरिएको अधिकारीहरूले बताएका छन्।

Leave a Comment