काठमाडौं, जेठ ३१ — पाँच पटकको विश्व विजेता ब्राजिलले विश्वकप–२०२६ को यात्रा जितविहीन रूपमा सुरु गरेको छ। समूह ‘सी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको हो।
खेलको २१औँ मिनेटमा इस्माइल साइबरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। सुरुआती दबाब सिर्जना गरेको मोरक्कोले पहिलो हाफमा ब्राजिललाई कठिन चुनौती दिएको थियो।
तर, ब्राजिलले धेरै बेर पछाडि रहनुपरेन। ३२औँ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
बराबरीपछि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि थप गोल निस्कन सकेन। निर्धारित ९० मिनेटको खेल सकिँदा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाए।
यस नतिजासँगै समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले समान एक–एक अंक जोडेका छन्। २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरक्कोले यसपटक पनि बलियो सुरुआत गर्दै उपाधि दाबेदार ब्राजिललाई अंक बाँड्न बाध्य बनाएको छ।
मोरक्कोसँग अंक बाँड्न बाध्य ब्राजिल
Leave a Comment
Leave a Comment






