हेटौँडा, ३१ भदौ ।
हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो दुर्घटना भएको हो । घाइते सबैलाई तत्कालै उद्धार गरी हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे अहिले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनले भने, “घाइतेहरूलाई उपचारका लागि पठाइएको छ, प्रहरी टोली घटनास्थलमा पुगेको छ । थप विवरण संकलन भइरहेको छ ।”
दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । प्रहरी टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, ४ जना घाइते
Leave a Comment
Leave a Comment


