२३ फागुन,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका बालेन्द्र शाहलाई बधाई दिएका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिँदै उनको पाँच वर्षे कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्। उनले तबला बजाउँदै गरेको आफ्नो तस्वीर राख्दै लेखेका छन्, “बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्, हार्दिक शुभकामना।”
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।






