प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टिले गर्यो उम्मेद्वार सिफारिस (नामावली सहित)
बारा, २९ मंसिर
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टी बाराले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रको लागि उम्मेद्वार सिफारिस गरेको छ।
पार्टिको चारवटै क्षेत्रमा आयोजित छुट्टाछुट्टै क्षेत्रीय भेलामा उम्मेदवारहरुको नाम छलफल पछि सिफारिस गरिएको हो।
जस अनुसार क्षेत्र नम्बर १ बाट बिजय गुप्ता, आरके राउत र युवराज मैनाली, क्षेत्र नम्बर २ बाट सिए राजेश साह, प्रभुनाथ पटेल, गजानन्द यादव, बिकाश सिंह, जुमा हुसेन र सुनिल साहको नाम सिफारिस भएको छ।
त्यसैगरी क्षेत्र नम्बर ३ बाट पारष प्रसाद साह, प्रमोद प्रसाद गुप्ता, किशमती देवी राम र अयुब अंसारी तथा क्षेत्र नम्बर ४ बाट प्रोफेशर हरी राउत, रोशन खातुन, ओमप्रकाश साह, सुरेश साह, हरी महरा, जाकिर अंसारीको नाम सिफारिस भएको जनमत पार्टी बाराका जिल्ला ईन्चार्ज शिवनाथ पटेलले जानकारी दिएका छ्न।
भेलाले चारवटै क्षेत्रमा पार्टिको क्षेत्रीय कमिटी तथा निर्वाचन क्षेत्र कोर कमिटी समेत गठन गरेको ईन्चार्ज पटेलले जनाए।


