१७ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने स्थानीय पालिकामाथि कडा चेतावनी दिएका छन्। उनले नियम अनुसार समिति गठन नगरे संघीय सरकारले प्रदान गर्दै आएको अनुदान रोक्का गर्ने चेतावनी दिएका हुन्।
मन्त्री पुनका अनुसार मन्त्रालयले सबै पालिकालाई विद्यालय व्यवस्थापन समिति समयमै गठन गर्न सूचना जारी गरिसकेको छ। तर केही पालिकाले मनोमानी ढंगले समिति बनाएर वा गठन नै नगरी विद्यालय सञ्चालन गरेको तथ्य उजागर भएको उनले बताए।
‘नियमविपरीत विद्यालय चलाउन खोज्ने पालिकाहरूमाथि अब छुट पाउने अवस्था छैन,’ मन्त्री पुनले भने, ‘समिति गठन नगर्ने पालिकालाई तुरुन्त प्रक्रिया पूरा गर्न भनेका छौँ, अन्यथा ती विद्यालयलाई जाने संघीय अनुदान रोक्का गर्नेछौँ।’
उनका अनुसार विद्यालय व्यवस्थापन समिति गठन शिक्षाको गुणस्तर, व्यवस्थापन र जिम्मेवारी विभाजनका लागि अनिवार्य संरचना भएकाले सरकारले कडाइ गर्ने तयारी गरेको हो।



Leave a Reply