पूर्वमा वर्षा बढ्दै, पश्चिम तराईमा तातो लहरको जोखिम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । देशभर मौसममा मिश्रित प्रभाव देखिएको छ। पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइरहेका बेला पश्चिम तराईका केही भूभागमा भने तापक्रम बढ्ने र तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकीका केही भाग तथा लुम्बिनीको पूर्वी तराई क्षेत्रमा पनि मनसुनको असर देखिएको छ।
कोशी प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ। कोशीका केही स्थान र बागमतीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ। बागमती र गण्डकीका तराई क्षेत्रमा पनि तापक्रम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसम महाशाखाले चट्याङ, गर्मी र तापक्रम वृद्धिको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Leave a Comment