चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध भएका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध सभापति घोषणा गरिएको हो।
लामिछानेको उम्मेदवारीमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रस्तावक रहेका थिए।
निर्वाचन आयोगका प्रमुख केसीले केन्द्रीय सदस्य पदका लागि भने उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार मंगलबार राति १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।
रास्वपा सभापतिमा रवि लामिछाने निर्वाचित, प्रस्तावक बनेका थिए बालेन
Leave a Comment
Leave a Comment






