तराईमा ३१ जेठ सम्म तातो हावा चल्ने

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 63
पढ्न लाग्ने समय : 1 मिनेट

 

२९ जेठ, काठमाडौं : नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ ।

अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ ।

ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ ।

कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिसकेको छ । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै मनसुन नेपालमा भित्रिएको हो ।