प्रधानमन्त्रीको प्रष्टिकरण : धर्म वा समुदायलाई होच्याउने कुनै नियत छैन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १४ मंसिर २०८२ – प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय नरहेको स्पष्ट पार्नु भएको छ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा उहाँले दिएको अभिव्यक्तिपछि आएका विभिन्न टिप्पणीहरूमाथि प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति समान सम्मान रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्नुभयो, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय वा नियत छैन। सबै धर्मप्रति मेरो समान सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध गर्दछु।”

उहाँको यो प्रष्टिकरणले सामाजिक सद्भाव र सहिष्णुता कायम राख्ने दिशामा सकारात्मक सन्देश दिन्छ।

Leave a comment