काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सकिँदा तीन टोलीले मात्रै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। आयोजक मेक्सिको, साविक विजेता फ्रान्स र लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्दै शतप्रतिशत नतिजासहित अन्तिम ३२ मा स्थान बनाएका छन्।
यी तीन टोलीले समूह चरणमा ९–९ अंक जोड्दै प्रभावशाली यात्रा तय गरे। विश्व फुटबलका अन्य ठूला टोली ब्राजिल, जर्मनी, नेदरल्यान्ड्स र इंग्ल्यान्डले भने कम्तीमा एक खेलमा अंक गुमाउँदा मेक्सिको, फ्रान्स र अर्जेन्टिना भने अपराजित रहे।
आयोजक मेक्सिकोले घरेलु मैदानको फाइदा उठाउँदै समूह ‘ए’ मा दबदबा कायम गर्यो। उसले दक्षिण कोरिया, चेक गणतन्त्र र दक्षिण अफ्रिकालाई पराजित गर्दै तीन खेलबाट ९ अंक जोड्यो।
यता अर्जेन्टिनाले समूह ‘जे’ मा उत्कृष्ट लय देखाउँदै जोर्डन, अस्ट्रिया र अल्जेरियामाथि जित निकाल्यो। अर्जेन्टिनाका कप्तान मेस्सीले समूह चरणमै ६ गोल गर्दै गोल्डेन बुटको दाबेदारी बलियो बनाएका छन्।
फ्रान्सले पनि समूह ‘आई’ मा शानदार प्रदर्शन गर्यो। तीनै खेल जितेको फ्रान्सले समूह चरणमा सबैभन्दा प्रभावशाली गोल अन्तर कायम गर्दै उपाधि दाबेदारी थप बलियो बनाएको छ।
विश्वकपमा सहभागी ४८ टोलीमध्ये अहिलेसम्म यी तीन टोलीले मात्र समूह चरणका सबै खेल जितेर नकआउट चरणमा प्रवेश गरेका हुन्।
विश्वकप २०२६ : मेक्सिको, फ्रान्स र अर्जेन्टिनाको शतप्रतिशत जित, नकआउटमा बलियो प्रवेश
Leave a Comment
Leave a Comment






