काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सामाजिक संरचना र विविधतालाई हेर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नभएको बताएकी छन्।
स्वर्गीय मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्तो शासन प्रणाली प्रभावकारी नहुने धारणा राखिन्।
उनले संविधान संशोधनका क्रममा बेला–बेलामा उठ्ने प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीको प्रस्ताव नेपालको अवस्थासँग मेल नखाने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रमा निर्वाचनबाट जनमत प्राप्त गर्नु मात्रै पर्याप्त नभई निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनताप्रतिको उत्तरदायित्व कायम राख्नु आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धताले मात्रै शासन प्रणालीलाई सफल बनाउने आधार तयार गर्छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नेपालका लागि उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
Leave a Comment
Leave a Comment






