काठमाडौं । इरानले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण कायमै रहने जनाएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले हर्मुज स्ट्रेट इरानको महत्वपूर्ण शक्ति र क्षेत्रीय जलक्षेत्रको हिस्सा भएको दाबी गरेका छन्।
सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै गालिबाफले अमेरिकासँग भएको समझदारीपत्र (एमओयू) मा समुद्री सेवा शुल्कमा दिइएको ६० दिनको छुट अस्थायी व्यवस्था मात्र भएको बताएका छन्।
उनले इरानले हर्मुज स्ट्रेटमाथिको आफ्नो अधिकार त्याग नगरेको स्पष्ट पार्दै कुनै पनि परिस्थितिमा आफ्नो अडान परिवर्तन नगर्ने बताए।
गालिबाफका अनुसार युद्ध वा अन्य संकटको अवस्थामा पनि हर्मुज स्ट्रेट इरानका लागि महत्वपूर्ण रणनीतिक क्षेत्र रहनेछ। उनले यसलाई देशको प्रमुख शक्ति र सुरक्षासँग जोडिएको विषयका रूपमा व्याख्या गरेका
हर्मुजमाथिको नियन्त्रण नछाड्ने इरानको अडान
Leave a Comment
Leave a Comment






