रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज सपथ लिँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ।
रास्वपाका अनुसार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सपथ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा हालै सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले सपथ लिनेछन्।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेबाट सुरु भएको थियो। तीन दिनभित्र सक्ने भनिएको महाधिवेशन सहमतिको प्रयासका कारण ६ दिनसम्म चलेको थियो।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने बाँकी ५१ सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ।
यसैबीच रास्वपाले सार्वजनिक गरेको ९९ सदस्यीय सूचीमा दुई जनाको नाम सच्याएपछि विवादसमेत देखिएको थियो। दुई जनाको नाम हटाएर नयाँ दुई जनालाई सूचीमा समावेश गरिएको थियो।

Leave a Comment