२८ मंसिर ,फ्नोमपेन्ह, कम्बोडिया — थाइल्याण्डसँगको सीमा क्षेत्रमा जारी द्वन्द्वका कारण कम्बोडियामा ठूलो मानवीय संकट देखिएको छ। सीमा तनावका कारण विस्थापित हुने कम्बोडियाली नागरिकको संख्या ३ लाखभन्दा बढी पुगेको छ।
कम्बोडियाली गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार करिब ९० हजार परिवार सुरक्षित आश्रयको खोजीमा आफ्ना घर छाड्न बाध्य भएका छन्। उनीहरू प्रायः थाइल्याण्डसँग जोडिएका सीमावर्ती क्षेत्रहरूबाट विस्थापित भएका हुन्।
डिसेम्बर ७ यता कम्बोडिया–थाइल्याण्ड सीमा विवाद पुनः चर्किएपछि स्थानीय जनजीवन प्रभावित भएको छ। सुरक्षा चुनौती बढ्दै जाँदा राहत, बसोबास र मानवीय सहायताको आवश्यकता पनि तीव्र बन्दै गएको छ।


