नेपाली कांग्रेस बाराको कार्यवाहक सभापतिमा मनोज भट्ट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असार २२ — नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले बारा जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी मनोज भट्टलाई प्रदान गरेको छ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि भट्टले पार्टीप्रति विश्वास व्यक्त गर्दै संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले जिल्लावासी तथा पार्टीका नेता–कार्यकर्ताको विश्वासलाई अझ मजबुत बनाउँदै सबैलाई समेटेर अघि बढ्ने बताए।
भट्टले पार्टीको संगठन विस्तार, कार्यकर्ताको मनोबल उच्च बनाउने तथा नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने दिशामा आफू सक्रिय रहने उल्लेख गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिले संगठनको आवश्यकता र पार्टीको हितलाई ध्यानमा राख्दै भट्टलाई बारा जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जनाएको छ।
पार्टीका नेता तथा कार्यकर्ताले भट्टलाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Leave a Comment