जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा तोडफोड

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ मंसिर ,काठमाडौ

काठमाडौं : जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा बुधबार साँझ आक्रमण भएको आरोप लागेको छ। उनले सामाजिक सञ्जालमार्फत साँझ ६ बजे आफ्नो कार्यालयमा समूहगत आक्रमण भएको जानकारी सार्वजनिक गरेका हुन्।

ढुंगानाका अनुसार घटनाका क्रममा कार्यालयमा रहेका महिला सदस्यहरूलाई समेत हातपात गरिएको दाबी छ।
‘हामीमाथि आज साँझ ६ बजे कार्यालयमै आक्रमण भयो। महिला साथीहरूलाई समेत कुटपिट गरियो,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।

घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घटनापछि सुरक्षाका angle र सम्भावित दोषीबारे अनुसन्धान आवश्यक रहेको भन्दै चासो व्यक्त गरिएको छ।

Leave a comment