विश्वकप २०२६ : क्वार्टरफाइनल समीकरण पूरा, अन्तिम आठ टोलीको टुंगो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
France's Kylian Mbappe (10) celebrates scoring their third goal during the World Cup round of 32 soccer match between France and Sweden in East Rutherford, N.J., near New York, Tuesday, June 30, 2026. (AP Photo/Pamela Smith)

काठमाडौं, असार २४ — फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरण सम्पन्न भएसँगै क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको छ। मंगलबार राति र बुधबार बिहान सम्पन्न खेलपछि विश्वकप उपाधि होडमा अब आठ टोली मात्र बाँकी रहेका छन्।
अर्जेन्टिनाले इजिप्टलाई तथा स्वीट्जरल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन्। यससँगै फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेका छन्।
अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यी खेलबाट विजयी हुने चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
यसपटक क्वार्टरफाइनलमा युरोपको दबदबा देखिएको छ। अन्तिम आठमध्ये छ टोली युरोपबाट रहेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट एक–एक टोलीले मात्र स्थान सुरक्षित गरेका छन्। एशियासहित अन्य कुनै पनि महादेशले भने अन्तिम आठमा प्रतिनिधित्व गर्न सकेनन्।
विश्वकपका सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्यस्तै, पाँच पटकको विश्वविजेता ब्राजिल, पूर्वविजेता जर्मनी तथा पोर्चुगलजस्ता बलिया टोली पनि उपाधि दौडबाट बाहिरिएका छन्।
विश्वकप २०२६ का क्वार्टरफाइनल खेलहरू बिहीबार रातिबाट सुरु हुनेछन्। अब उपाधि होड थप प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।

Leave a Comment