२४ श्रावण,बारा: ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, कलैयाले रक्षा बन्धनको अवसरमा विशेष आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा केन्द्रका सन्चालिका मिना दिदि ,सुषमा बहन लगाएतका बहिनीहरू तथा सेवाभावी स्वयंसेवकहरूले आपसी प्रेम, सद्भाव र भाईचारा सुदृढ पार्ने उद्देश्यसहित उपस्थित सहभागीहरूको हातमा राखी बाँधी शुभकामना व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले रक्षा बन्धन केवल भाइ–बहिनीबीचको पर्व मात्र नभई समाजमा एक–अर्काप्रतिको उत्तरदायित्व, विश्वास र रक्षा गर्ने संकल्पको प्रतीक भएको बताए। साथै, सबैलाई नकारात्मक सोच, दुर्व्यसन र हिंसाबाट रक्षा गर्दै सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरियो।
उक्त कार्यक्रममा सभासद प्रमोद गुप्ता ,पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव ,पुर्व प्रदेशसभा प्रतिनिधि पारस साह ,कलैया उपमहानगर पालिकाका मेयर बिनोद साह ,पुर्व मेयर राजेश यादव पत्रकार महासघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान लगायत स्थानिय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि र भक्तजनको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ध्यान, प्रार्थना र सांगीतिक प्रस्तुति पनि गरिएको थियो।


