बझाङ, असार २७ — बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरे क्षेत्रमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार दुर्घटनामा परेका घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले तत्काल उद्धारको व्यवस्था गरिएको छ। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लैजाने तयारी गरिएको प्रशासनले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, स्थानीय प्रशासन तथा उद्धार टोली घटनास्थलमा परिचालित भएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकहरूको पहिचान तथा दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बझाङमा जिप दुर्घटना : तीन जनाको ज्यान गयो, पाँच जना गम्भीर घाइते
Leave a Comment
Leave a Comment

