बारा-२८ भदौ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जेनजी प्रदर्शनकारीको निशानाबाट बच्नको लागि राजिनामाको घोषणा गरेको खुलेको छ ।
जेनजी आन्दोलनकारीको सहानुभूति लिन र निशानाबाट बच्नको लागि राजीनामाको प्रपञ्च रचेको खुलेको हो । जेनजीको प्रदर्शनकारीले जनकपुरमा सरकारी कार्यालय र खोजीखोजी नेताको घरमा आगजनी गर्नथालेपछि भदौ २४ गते सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै राजीनामाको घोषणा गरेपछि विभिन्न समाचार माध्यममा प्रकाशन प्रसारण भएको थियो। तर उनले राजीनामा गरेको चार दिन बिते पनि आधिकारिक रूपमा भने प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पठाएका छैनन् ।
‘नागरिकको ज्यानभन्दा ठूलो अरू केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्छु,’ उनले फेसबुकमार्फत घोषणा गरेको राजीनामा वक्तव्यमा उल्लेख थियो।
मुख्यमन्त्रीले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनुपर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ।
मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिएको कुरा उनको फेसबुक र विभिन्न समाचार माध्यममा हेरेको। तर अहिलेसम्म मुख्यमन्त्री सिंहले आफ्नो राजिनामा पत्र प्रदेश प्रमुख कार्यालय, न त प्रमुखको निजी सचिवालयमै पठाएका छन, बाहिर हल्ला मात्र भएको छ ।
प्रदेश प्रमुख कार्यालयमा लिखित रूपमा राजीनामा पत्र दिएपछि मात्र स्वीकृत हुन्छ । तर राजीनामा पत्र नै नपठाइएकोले कानुनी रूपमा उनको हालसम्म मुख्यमन्त्री पद कायमै रहेको छ।
२५ जेठ २०८१ मा नेकपा माओवादी केन्द्रलगायत ६ दलको समर्थनमा जनमतका सतिश सिंह मुख्यमन्त्री बनेका थिए। पछि संघमा नेपाली कांग्रेस र एमालेको सरकार बनेपछि प्रदेशबाट माओवादी बाहिरिएका थिए। अहिले नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उनलाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए।
जेनजी प्रदर्शनकारीको निशानाबाट बच्न मुख्यमन्त्री सिंहले रचे राजीनामाको प्रपञ्च
Leave a Comment
Leave a Comment


