कलैया, असार ३२ – अत्यधिक गर्मीका बेला सर्वसाधारणलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले जेन्जी एण्ड युथ बारा को पहल तथा लक्ष्मी सनराइज बैंक को संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कलैयाको भरतचोक–घण्टाघरस्थित बैंक परिसर नजिक सार्वजनिक वाटर कुलर मेसिन जडान गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा उक्त वाटर कुलर कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
जेन्जी एण्ड युथ बारा का अध्यक्ष सौरभ पाण्डेय ले युवाको सक्रिय पहल र निजी क्षेत्रको सहकार्यबाट सञ्चालनमा आएको यस अभियानले अत्यधिक गर्मीका बेला सर्वसाधारणलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्वका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
यस अभियानमा सहयोग पुर्याएकोमा लक्ष्मी सनराइज बैंक प्रति अध्यक्ष पाण्डेयले हार्दिक आभार व्यक्त गरेका छन्। साथै कार्यक्रम सफल बनाउन खटिएका जेन्जी एण्ड युथ बाराका सम्पूर्ण युवा, स्वयंसेवक तथा सहयोगीहरूको योगदानको उच्च प्रशंसा गरेका छन्।
सार्वजनिक हितका यस्ता सहकार्यले समुदायको सेवा र सुविधामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै वाटर कुलरको संरक्षण, सरसफाइ तथा सदुपयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ।
जेन्जी एण्ड युथ बाराको पहलमा भरतचोक–घण्टाघरमा सार्वजनिक वाटर कुलर सञ्चालन
Leave a Comment
Leave a Comment

