काठमाडौं — काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले युवा खेलाडीहरूको बाहुल्य रहेको टोलीसहित प्रतिस्पर्धा गर्दैछ। अनुभवी खेलाडी र नयाँ प्रतिभाको संयोजन रहेको नेपाली टोलीको नेतृत्व सेटर हरिहजुर थापाले कप्तानका रूपमा गरिरहेका छन्।
प्रतियोगितामा नेपालको पहिलो चुनौती काजखस्तान हुनेछ। काजखस्तानले केही समयअघि भारतमा सम्पन्न एभिसी मेन्स कपमा सहभागिता जनाएको थियो, जहाँ ११ टोलीमध्ये पाँचौं स्थान हासिल गरेको थियो। उक्त प्रतियोगितामा सहभागी टोलीहरूमध्ये हाल काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न आएको टोली काजखस्तान मात्रै हो।
नेपाली टोलीमा कप्तान हरिहजुर थापा र लिबेरो विनोद चन्दसँग एकभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। त्यसैगरी सुनिल बोहरा, पहल गहतराज, रविन नगरकोटी र नृपध्वज बस्नेतले पनि एक–एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
यसपटक टोलीमा घरेलु भलिबलका चर्चित खेलाडी हिमाल सुनारीसहित छ जना नयाँ खेलाडी समावेश छन्। उनीहरू राष्ट्रिय टोलीबाट पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेका छन्।
युवा खेलाडीहरूलाई अवसर दिँदै भविष्यको बलियो टोली निर्माण गर्ने लक्ष्यसहित नेपाल काभा च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
युवा टोलीसहित काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल, काजखस्तानविरुद्ध चुनौतीपूर्ण सुरुआत
Leave a Comment
Leave a Comment

