दिल्ली पब्लिक स्कुलले राज्यलाई ठग्दै

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 182
पढ्न लाग्ने समय : 1 मिनेट

१२ असार, वीरगन्ज : बाराको परवानीपुरमा रहेको दिल्ली पब्लिक स्कुलले राज्यलाई ठग्ने गरेको पाईएको छ ।

ठूलो व्यापारी घरानाको लगानी रहेको स्कुलले राज्यलाई ठग्ने गरेको तथ्री बाहिरिएको छ ।

दिल्ली पब्लिक स्कुलले गैरकानुनी तरीकाले वीरगन्जमा आफ्नो शाखा खोलेको तथ्री बाहिर आएको हो । स्कुलले वीरगन्ज -१२ स्थित पानीटँकी क्षेत्रमा निनोज नाममा पीजी कक्षा संचालनमा ल्याएर राज्यलाई ठग्दै आएको रहस्य बाहिर आएको हो ।

वीरगन्ज महानगरपालिकाको टोलीले निनोजमा ताल्चा लगाएपछि दिल्ली पब्लिकको ठगी धन्दा बाहिर आएको हो ।
स्कुलले फर्जी कागजातका आधारमा गैरकानुनी तरीकाले वीरगन्जमा निनोज पीजी कक्षा संचालनमा ल्याएकोले अनुगमन टोलीले ताल्चा लगाएको महानगरको शिक्षा अधिकृत हरि राउतले जानकारी गराए ।

दिल्ली पब्लिक स्कुलका प्रधानाध्यापक रँजिव आनन्दले आफुहरुले नियमानुसार नै पीजी कक्षा संचालन गरेको र महानगरपालिकाले केही असमझदारीका कारण ताल्चा लगाएको बताए ।

विद्यालयले आर्थिक चलखेल गरेर विद्यालय खोलाउन लागेको स्रोतले दाबी गरेको छ।