नक्कली रुपैयाँ सहित बारामा एकजना पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 66
पढ्न लाग्ने समय : 1 मिनेट

बारामा प्रहरीले आज नक्कली नोट सहित एकजनालाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-७ बाट नेपाली नक्कली रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो। प्रहरीले ६१ हजार नक्कली नोट सहित सर्लाहीको चन्द्र नगर-७ का ४४ बर्षीय रामचन्द्र महतोलाई पक्राउ गरेको हो। महतोको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट बरामद गरेको हो। स्थानीय पसलबाट समान किन्न खोज्दा नक्कली नोट दिएको जानकारी पसलेले जानकारी गराएपछी ईलाका प्रहरी कार्यालय जितपुरबाट खटेको टोलीले महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। महतोमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

  • An error has occurred, which probably means the feed is down. Try again later.