कात्तिक ४, २०८२ | मंगलबार, काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमास अत्यधिक हिंसात्मक भएको आरोप लगाउँदै चेतावनी दिएका छन् कि यदि हमासले आफ्नो व्यवहार सुधारेन भने त्यो “नष्ट हुने” छ।
ट्रम्पले मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हमास धेरै हिंसात्मक भएको छ। तर अहिले उनीहरूलाई इरान वा अरू कसैको समर्थन छैन।”
उनले थपे, “अब उनीहरूले राम्रो काम गर्नुपर्छ। यदि गरेनन् भने उनीहरू अन्ततः नष्ट हुनेछन्।”
ट्रम्पको यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो जब हालै इजरायल र हमासबीच युद्धविराम घोषणा गरिएको थियो। तर, गत हप्तादेखि दुबै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन्।
ट्रम्पको भनाइअनुसार, अमेरिकाले मध्यपूर्वमा स्थायित्व चाहन्छ तर हिंसाको समर्थन गर्ने कुनै पनि समूहको साथमा उभिने छैन। पत्रकार सम्मेलनमा उनका साथमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज पनि उपस्थित थिए।



Leave a Reply